bcs slogan
Let's Bridge The Gap
  • bcs in facebook
  • twitter
  • you tube

जान्नै पर्ने कुरा

हान्कक अन्तरास्ट्रिय विमानस्थलमा पाइला टेकेदेखि तपाईंले सीराकूसमा औपचारिक रूपमा प्रवेश गर्नु भयो। त्यहाँ तपाइंले आफनो केस म्यानेजरलाइ पैलो पटक भेट्ने मौका पाउनु हुने छ। तपाइलाई पहिलो केहि महिनासम्म केस म्यानेजरलेनै  सहयोग गर्नु हुने छ। यशर्थ, वहाँनै सभई भन्दा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ। केस म्यानेजरले तपाईंलाई रहनको लागि घरको व्यवस्था, खानको लागि “फूड स्टाम्प” को साथै बिरामी भएको अवस्थामा अथवा औषदी किन्नको लागि चाहिने स्वास्थ्य बिमा “मेडीकेड” को निबेदन हाल्न सहयोग गर्नु हुने छ। यतिमात्र नभएर पैसठी वर्ष भन्दा माथिका बृध-वृद्धालाई अनि अरु अपाङ्गहरुलाई भत्ताको निबेदन हाल्न “सोसिअल सेकुरिटी आफिस” मा समेत लानु हुने छ। टेलिफोनको जडान, बिजुली र खाना पकाउने ग्यासको जडान, स्टेट आइडी बनाउन यातायात बिभागमा लाने, र अन्य कुनै पनि समस्याको समाधान गर्न तपाइको केस म्यानेजरले तपाईंलाई सहयोग गर्नु हुने छ। यसरीनै, तपाईंलाई क्षय रोगको जाँच गरौन अनि तपाईलाइ अंग्रेजी कक्ष्यमा भर्ना अनि तपाइको नानीलाई बिद्यालयमा भर्ना गरौनपनि केस म्यानेजरले नै सहयोग गर्नु हुने छ। साथै, सरणार्थी सहयोग कार्याक्राम “बब स्कूल” को कार्यालयमापनि तपाइलाई केस म्यानेजरलेनै लानु हुने छ। बब स्कूलमा तपाइको अंग्रेजी कक्ष चल्ने अनि त्यहा बाटनै स्वाश्थ्य कार्यालय मा लगीने हुँदा त्यहाँको “इनटेक”अथवा दर्ता गराउने भेट साह्रै महत्वपूर्ण हुन जान्छ।

एउटा महत्वपूर्ण कुरा के छ भने तपाईंलाइ अमेरिका छिरेको नब्बे दिन अथवा तिन महिना भित्रमा तपाईंको केस म्यानेजरले तपाईंको प्रारम्भिक स्वास्थ्य परिक्षणको लागि “आइएमए” वा “युएचसिसी” भन्ने कुनै एउटा ठाउमा लानु हुने छ। यश स्वास्थ्य परिक्षणको दिनलाई “रेफुजी हयाल्थ इन्टेक” पनि भनिन्छ।  दुई दिन, जुन क्रमै संग न हुन पनि सक्छ, लगाएर गरिने “रेफुजी हयाल्थ इन्टेक” मा प्राय तपाईंको रगतको जांच गरिन्छ अनि केहि खोप पनि लगाइन्छ। यश दिन लगाइने खोपले बच्चालाइ बिद्यालयमा भर्ना हुनका लागि अनि पछि “ग्रीन कार्ड” को निबेधन दिनाकालागी सहयोग गर्ने छ। त्यसैले तपाईंले अमेरिका पाइला टेकेको अडाइ महिना भित्रमापनि “रेफुजी हयाल्थ इन्टेक” को जानकारी आएन भने आफनो केस म्यानेजरलाइ यश बारेमा सोध्न न बिर्सनु होला। कृपया ध्यान दिनुहोस कि केस म्यानेजर धेरै ब्यस्थ हुनुहुन्छ। तेसैले वहाँले बिर्सन पनि सक्नु हुनेछ।”रेफुजी हयाल्थ इन्टेक” नभैन्जेल स्वास्थ्य सम्बन्दी सम्पूर्ण समस्या आंफ्नो केस म्यानेजरलाइ बताउनु होला। “रेफुजी हयाल्थ इन्टेक” पछाडी भने “बब स्कूल” को स्वाश्थ्य कार्यालयबाट तपाईंलाइ आफ्नो डाक्टर छान्ने देखि लिएर अस्पताल सम्बन्धि सम्पूर्ण सहयोग लगभग एक बर्षका लागि उपलब्ध हुने छ। परिवारको अवस्था बिचार गरेर एक वर्ष भन्दा बडी पनि सहयोग उपलब्ध हुन सक्ने छ। यदी आकस्मिक सेवा चाइएको खण्डमा भने “911” मा फोन गरेर  कुनै पनि अस्पतालमा जानु होला।

“बब स्कूल” ले तपाईंलाई अस्पताल जानका लागि यातायात र दोभासे वा “इन्टरप्रेटर” को व्यवस्था गरिदिनेछ। तपाइले आफनो  र परिवारको “मेडीकेड” र “सोसिअल सेकुरिटी कार्ड” साथै आफ्नो टेलिफोन नम्बर जत्ति सक्दो चांडो “बब स्कूल” मा ल्याएर टिपाउनु होला।

bcs president

Voice Of the Chairman

bcs president I will come up with some plans and programs to build up a strong community. We need to work together exploring ways to working towards fulfilling our desire to help those in need along with distinctly identifying ourselves as Bhutanese-Nepalese.
bcs contact us

contact us

Bhutanese Community Of Syracuse
710 Kirkpatrick St.
Syracuse, New York 13208
United States of America
Contact : 315-475-0440
Email : admin@cnybcs.org